२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

Nada
२०८३ मंसिर १३ गते १८:०६
Shares
इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौं : इन्टरपोलको ९४औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा यही मंसिर १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाका सम्बन्धमा छलफल हुने प्रहरीले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवं कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका प्रतिनिधिसँग अन्तरराष्ट्रिय प्रहरी समन्वय अभिवृद्धिका सम्बन्धमा द्विपक्षीय छलफल गर्नेछ ।

शाह नेतृत्वको प्रतिनिधिमण्डलमा प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा सहभागी छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर