२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

रौतहटमा ट्याक्टरमा परेर एक जनाको घटनास्थलमै मृत्यु

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर १३ गते २२:१४
Shares
रौतहटमा ट्याक्टरमा परेर एक जनाको घटनास्थलमै मृत्यु

रौतहट : रौतहटको गुजरा नगरपालिका–२ स्थित चोचा टोलमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीका अनुसार प्रदेश ३–००१ त ७७९५ नम्बरको ट्याक्टरले खेत जोतिरहेका बेला ट्याक्टर चालकका सहयोगीको रूपमा कार्यरत गुजरा नगरपालिका–३ सिम्रा टोल निवासी सितबी माझीका छोरा अन्दाजी १७ वर्षीय कृष्ण माझी अचानक रोटाभेटरमा परेका थिए । रोटाभेटरमा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रारम्भिक विवरणमा उल्लेख छ । 

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि अस्पताल पठाउने तथा आवश्यक मुचुल्का उठाउने कार्य अघि बढाएको छ । घटनापछि ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कृषि कार्यका क्रममा रोटाभेटर तथा अन्य मेसिनरी उपकरण सञ्चालन गर्दा आवश्यक सतर्कता नअपनाउँदा र कम उमेरका सहयोगीलाई काममा लगाउँदा यस्ता गम्भीर तथा ज्यानै जाने प्रकृतिका दुर्घटना दोहोरिने गरेको स्थानीय बासिन्दाको भनाइ छ । प्रहरीले घटनाको वास्तविक कारण तथा परिस्थितिका विषयमा थप अनुसन्धान भइरहेको जनाए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर