२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

काठमाडौंबाट सुर्खेत उडेको देउवा चढेको जहाज नेपालगन्जमा अवतरण 

Nada
२०८३ मंसिर १३ गते ११:५४
Shares
काठमाडौंबाट सुर्खेत उडेको देउवा चढेको जहाज नेपालगन्जमा अवतरण 
फाइल तस्बिर

नेपालगन्ज : प्रतिकूल मौसमका कारण काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको ९ एन-एओजी जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्नु परेको छ ।

सुर्खेतको आकासमा केहीबेर फन्को मारेको सो जहाज नेपालगन्ज अवतरण गरेको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सो जहाज नेपालगन्ज अवतरण गरी पुन: सुर्खेतका लागि उडेको छ ।

यो विमानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत सवार थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर