२०८३ मंसिर १३ गते आइतवार / Nov 29 , 2026 , Sunday
२०८३ मंसिर १३ गते आइतवार

रौतहटमा जनचेतनामूलक कार्यक्रमसहित मनाइयो ७३औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ मंसिर १३ गते १५:०३
Shares
रौतहटमा जनचेतनामूलक कार्यक्रमसहित मनाइयो ७३औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस

रौतहट : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रौतहटले विभिन्न जनचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रम आयोजना गरी ७३औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाएको छ ।

‘खोजौं, पहिचान गरौं, उपचार गरौं, क्षयरोगमुक्त नेपाल निर्माण गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा क्षयरोगबाट प्रभावित बिरामीलाई फलफूल वितरण, जनचेतनामूलक र्‍याली तथा विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

No description available.

कार्यक्रमको सुरुवातमा क्षयरोगका बिरामीलाई पौष्टिक आहारस्वरूप फलफूल वितरण गरिएको थियो । त्यसपछि ब्यानरसहित निकालिएको जनचेतनामूलक र्‍यालीमा सहभागीहरूले क्षयरोगको रोकथाम र उपचारबारे सन्देश प्रवाह गरेका थिए । सो अवसरमा क्षयरोगका जीवाणु पत्ता लगाउने वैज्ञानिक डा. रोबर्ट ककको योगदानको स्मरण गर्दै उनको तस्बिरमा माल्यार्पणसमेत गरिएको थियो ।

दिवसकै अवसरमा विद्यालय तथा कलेजका विद्यार्थीबीच आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागीहरूले क्षयरोगको रोकथाम, समयमै पहिचान र उपचारका विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय कोषाध्यक्ष राजकिशोर प्रसाद यादवले क्षयरोग नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना विस्तार गर्न आवश्यक रहेको बताए । समयमै रोग पहिचान गरी चिकित्सकको सल्लाहअनुसार नियमित र पूरा उपचार गरे क्षयरोग निको हुने भएकाले लक्षण देखिएमा परीक्षण गराउन उनले आग्रह गरे ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो ।

No description available.

संस्थाका जिल्ला अध्यक्ष हेमन्त रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्णायक मण्डलका संयोजक चन्देश्वर राउत, सदस्य प्रमोद यादव, विशेषज्ञ राम आधार यादव, प्रादेशिक अस्पताल गौरका चिकित्सक, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रमको सञ्चालन रामश्रेष्ठ यादवले गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले क्षयरोगलाई लुकाएर राख्ने प्रवृत्तिको अन्त्य गर्दै लक्षण देखिनेबित्तिकै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउनुपर्नेमा जोड दिएका थिए । क्षयरोगमुक्त जिल्ला र समाज निर्माणका लागि स्वास्थ्यकर्मी, स्थानीय तह, सामाजिक संघसंस्था र नागरिकबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

No description available.

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर