२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मोना कतारद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८१ चैत २४ गते २०:५६
Shares
मोना कतारद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान सम्पन्न

दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले नयाँ वर्ष २०८२ सालको शुभकामना आदान–प्रदान तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कतारको समालमा अवस्थित पार्कमा सांगीतिक प्रस्तुति रहेको कार्यक्रम संघका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षता तथा मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । 

ncell

कार्यक्रममार्फत कतार भ्रमणमा रहेका मोना कतारका संरक्षक रमेश पौडेलका आमा टिका पौडेल र छोरा सुप्रिम पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइली, मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्की लगायत अन्य वक्ताहरूले शुभकामना शुभकामना मन्तव्य राख्दै म्याग्देलीहरुलाई समेटेर मोनाले आन्तरिक वनभोजमार्फत म्याग्देलीलाई जोड्ने काम गरेको बताए । 

संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि फगामीले मोना कतारले राम्रो कार्य गर्दै अगाडि बढिरहेको आफूले पाएको हुँदा मोनाका सकारात्मक कार्यमा आफ्नो सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले भर्खरै निर्वाचित भएर आएको नयाँ कार्यसमितिले पहिलो पटक वनभोज कार्यक्रमको आयोजना गरेको र भविष्यमा म्याग्देलीलाई जोड्ने अन्य थुप्रै कार्य गर्दै जाने बताए । उनले वनभोज सफल बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्ने मोनामा आबद्ध तथा उपस्थिति म्याग्देलीसहित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए  । 

ताजा खबर

सम्बन्धित खबर