२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

विविध कार्यक्रमसहित कतारमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने

Nada
तिलु शर्मा पौडेल
२०८१ फागुन २७ गते १७:३३
Shares
विविध कार्यक्रमसहित कतारमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने

दोहा कतार : कतारमा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइने भएको छ । कतारमा रहेका नेपाली नारीहरूको साझा संस्था नेपाली महिला समाजले सामाजिक तथा पुण्यको कार्यक्रमको आयोजना गर्दै नारी दिवस मनाउन लागेको जनाएको छ ।

ncell

दिवसका अवसरमा नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आउँदो शुक्रबार बिहान रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ भने साँझ न्यून आय भएका ५० भन्दा बढी श्रमिकहरूलाई एक छाक भए पनि खाना खुवाउँदै दिवस मनाउने तयारी गरिएको समाजका अध्यक्ष माया केसीले जानकारी दिइन् ।

समाजले विगतका दिनहरूमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक मुस्लिम धर्मावलम्बीहरूको रमजान परेकाले यस समयमा पुण्यको काम रक्तदान कार्यक्रमको आयोजना गरिएकोले कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थिति भइदिन समाजले आग्रह गरेको छ । रक्तदान कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्नेछ ।
 

ताजा खबर

सम्बन्धित खबर