२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

वैदेशिक रोजगारीबाट फर्केका आठ उत्कृष्ट उद्यमी पुरस्कृत

Nada
२०८१ असार १७ गते ०६:४०
Shares
वैदेशिक रोजगारीबाट फर्केका आठ उत्कृष्ट उद्यमी पुरस्कृत

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरिरहेका आठ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट उद्यमीलाई मन्त्रालयले नगदसहित सम्मान गरेको हो ।

ncell

तर उत्कृष्ट वैदेशिक रोजगार व्यवसायीलाई विगत लामो समयदेखि सम्मान गर्न छोडिएको छ । वैदेशिक रोजगार ऐनको दफा ७१ मा प्रत्येक वर्ष नेपाल सरकारले एउटा उत्कृष्ट इजाजतपत्रवालालाई तोकिएको मापदण्डका आधारमा वैदेशिक रोजगार बोर्डको सिफारिसमा प्रशंसापत्रसहित पुरस्कृत गर्न सक्ने व्यवस्था छ । तर मन्त्रालयले यसतर्फ ध्यान नदिएको कतिपय व्यवसायीको गुनासो छ ।

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका युुवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सिर्जना गर्न प्रेरित गर्नका लागि पुरस्कृत तथा सम्मान गर्दै आएको बताएको अवस्थामा उनीहरूलाई पठाउने म्यानपावर व्यवसायीलाई सम्मान नगर्दा मन्त्रालयले भेदभाव गरेको भनि कतिपयले  टिप्पणीसमेत गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर