२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभा र ३२औं स्थापना दिवस

Nada
२०८१ असार १७ गते ०६:३५
Shares
आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभा र ३२औं स्थापना दिवस

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार ३०औं साधारण सभा र ३२औं स्थापना दिवस मनाउँदै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्ने साधारण सभामा संघले विभिन्न व्यवसायीलाई वैदेशिक रोजगार क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गर्ने कार्यक्रम राखेको छ ।

ncell

संघले यसपटक नियमितरूपमा पेश गर्ने वार्षिक प्रतिवेदनहरूमा छलफल गरी पास गर्नुका अतिरिक्त विधान संशोधनको विशेष प्रस्ताव पनि साधारण सभामा पेश गर्नेछ । महासचिव मेघनाथ भु्र्तेलका अनुसार संघलाई महासंघमा लैजानेसहित संघको कार्यकाल दुई वर्षबाट तीन वर्ष बनाउने र भलाई कोष सञ्चालन कार्यविधिको विशेष प्रस्ताव साधारण सभामा लगिने भएको छ । 

संघका अध्यक्ष राजेन्द्र भण्डारी तथा महासचिव भुर्तेलले एक वर्षको कार्यकालमा वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यवसायी हितका लागि महत्वपूर्ण आधार खडा गरेकोे बताएका छन् । संघको ३०औं साधारण सभा सम्बन्धमा मध्यान्ह दैनिकसँगको अन्तर्वार्तामा अध्यक्ष भण्डारी तथा महासचिव भुर्तेलले वर्तमान कार्यसमितिले अघि बढाएका कामले सुधारका आधार तयार पारेको भन्दै एक वर्षभन्दा बढीको कार्यकाल परिणाममुखी रहेकोे दाबी गरेका छन् ।

वैदेशिक रोजगार ऐनमा रहेकोे वार्षिक सय जना कामदार पठाउनुपर्ने व्यवस्था खारेजीका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत संसदमा पुर्‍याएको, सेवा शुल्क परिमार्जन गर्न सकारात्मकरूपमा काम भएकोजस्ता काम गरिएकाले व्यवसायी उत्साहित हुने वातावरण बनेको दुवै जनाले एक स्वरमा दाबी गरे ।

ताजा खबर

सम्बन्धित खबर