२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

दाङ देउखुरी सेवा समाज कतारको नेतृत्वमा केशव बुढा मगर सर्वसम्मत चयन

Nada
तिलु शर्मा पौडेल
२०८१ फागुन ४ गते १८:३०
Shares
दाङ देउखुरी सेवा समाज कतारको नेतृत्वमा केशव बुढा मगर सर्वसम्मत चयन

दोहा, कतार : दाङको तुल्सीपुर उपमहानगरपालिका वडा न १८ का केशव बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै दाङ देउखुरी सेवा समाज कतारको सातौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार ग्राण्डमलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

ncell

सर्वसम्मत रूपमा उपाध्यक्षहरू क्रमशः उषा परियार, मनीषा खड्का, छविलाल परियार, महासचिवमा चिन्तामणि भुसाल, सचिवमा सुरत शाही ठकुरी, कोषाध्यक्षमा प्रेम बहादुर चौधरी र सहकोषाध्यक्षमा अनन्त बहकरी चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा जंगबहादुर  रोका मगर, लाल सिंह बि.क, बिना मगर, नारायण थापा, यम जिसी, रेग्मी सेन्चुरी, मञ्जु सिंह, रुपा पौडेल वली, शेरबहादुर डिसी, प्रेम बहादुर डिसी रहेका छन् । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अर्जुन खडकाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको उद्घाटन सत्र समाजका अध्यक्ष रनबहादुर केसीको सभापतित्व तथा गैरआवासिय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सामाजिक कार्यका लागि समाजले आयोजना गरेका हरेक कार्यविधिलाई विभिन्न कोणबाट साथ सहयोग गर्दै आइरहेका सहयोगी दाताहरू, प्रमुख अतिथि, प्रदेश मातहतमा रहेका जिल्ला संस्था, समाजका सम्पूर्ण कार्यसमिति, कलाकार तथा पत्रकारहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा केही कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले संस्कृति परम्परा र धार्मिक महत्त्व बोकेको समाजले सामाजिक हक र हितका लागि राम्रा काम गरेको भन्दै प्रशंसा गरे । अधिवेशनको खुला सत्रको समापन सभापति केसीले गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष केशव बुढा मगर र महासचिव चिन्तामणि भुसालले सहजीकरण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर