२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

इजरायलका लागि आवेदन दिन कम्तीमा १४ महिना अवधिको पासपोर्ट चाहिने

Nada
२०८१ असार १३ गते ०६:४०
Shares
इजरायलका लागि आवेदन दिन कम्तीमा १४ महिना अवधिको पासपोर्ट चाहिने

काठमाडौं : इजरायलमा वृद्धवृद्धालाई स्याहार गर्ने दीर्घकालीन स्याहार केन्द्र केयरगिभरको रोजगारीका लागि अन्य योग्यताका अतिरिक्त न्यूनतम १४ महिना अवधि भएको राहदानी चाहिने भएको छ । 

ncell

सामेबारदेखि जीटुजीअन्तर्गत इजरायलको केयर गिभरको रोजगारीका लागि दरखास्त आह्वान गरेको वैदेशिक रोजगार विभागले यसअघिको सूचनाले अन्योल सिर्जना गरेको भन्दै न्यूनतम १४ महिना अवधि भएको राहदानी निवेदनका साथ अपलोड गर्नुपर्ने बताएको छ । यसअघि गत वर्ष साउनमा प्रकाशित सूचनामा पासपोर्टको उक्त अवधि कम्तीमा ३ वर्ष हुनुपर्ने उल्लेख थियो ।

विभागले नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक इजरायलबाट ८ सय नेपाली कामदारको माग आएको सूचना सोमबार प्रकाशित गरेको थियो । सूचनाअनुसार सोमबारदेखि तीन हप्ताभित्र अनलाइन आवेदन गर्नुपर्नेछ ।

२५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका, १.५ मिटर उचाइ, कम्तीमा ४५ केजी तौल भएका, १० कक्षा पास गरी अ.न.मी. वा सि.एम.ए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेका युवायुवती आवेदनका लागि योग्य मानिएका छन् ।

यसपटक ५ सय जना मुख्य उम्मेदवार र ३ सय जना वैकल्पिक उम्मेदवार छनोट हुनेछन् । ८ सयमध्ये ६० प्रतिशत अर्थात ४ सय ८० महिला र ४० प्रतिशत अर्थात ३ सय २० जना पुरूष छनोट हुनेछन् । इजरायलमा नेपाली केयर गिभरको तलब २ लाख १० हजार रुपैयाँ छ भने करार अवधि १ वर्षको भए पनि करार अवधि थपेर ५ वर्षसम्म इजरायल बस्न पाइने भएकाले खाडी तथा मलेसियाको तुलनामा उक्त मुलुकको रोजगारीमा अत्यधिक आकर्षण देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर