२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इजरायलमा 'केयरगिभर'का लागि ८ सय कामदारको आवेदन माग, मासिक तलब २ लाख १० हजार

Nada
२०८१ असार ११ गते ११:५३
Shares
इजरायलमा 'केयरगिभर'का लागि ८ सय कामदारको आवेदन माग, मासिक तलब २ लाख १० हजार

काठमाडौं : नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मानिने इजरायलबाट ८ सय नेपाली कामदारको आवेदन माग भएको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुला गरेको हो ।  

ncell

इजरायलले ८ सय जना कामदार माग गरेको मध्ये ५ सय मुख्य उम्मेदवार हुनेछन् भने बाँकी ३ सयलाई वैकल्पिकमा राखिने छ । ८ सय मध्ये ६० प्रतिशत अर्थात ४ सय ८० महिला र ४० प्रतिशत अर्थात ३ सय २० जना पुरूष छनोट हुनेछन् । 

इजरायलमा नेपाली केयरगिभरको तलब २ लाख १० हजार छ भने करार अवधि १ वर्षको भए पनि अवधि थपेर ५ वर्षसम्म इजरायल बस्न पाइने छ । सरकारी स्तर अर्थात जीटुजी प्रणालीबाट कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको कुनै संलग्नता हुने छैन । 

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाइ भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास गरि मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम गरेका युवायुवतीले आवेदन दिन पाउने छन् । यस्तै, योग्यता पुगेका आवेदकलाई गोल प्रथाबाट छनोट गरिने विभागले जनाएको छ । 

इजरायल जान इच्छुकले आजबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ । कामदारको तलब २ लाख १० हजार मासिक तलब तोकिएको छ । 

ताजा खबर

सम्बन्धित खबर