२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

रवि लामिछानेको जीवन रक्षाको माग गर्दै रास्वपाले दियो आयोगमा निवेदन

Nada
२०८१ मंसिर २३ गते १५:४१
Shares
रवि लामिछानेको जीवन रक्षाको माग गर्दै रास्वपाले दियो आयोगमा निवेदन

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सभापति रवि लामिछानेलाई सरकारले व्यक्तिगत मानवअधिकार हनन् गरेको भन्दै मानवअधिकार आयोगमा निवेदन दिएको छ ।

ncell

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएको उजुरीमा प्रहरीले अनुसन्धानका लागि भनी लामिछानेलाई लगेको दिनदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन् गरेकाले राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

पार्टीले निवेदनमार्फत लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न मानवअधिकार आयोगको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी व्यक्ति तथा सङ्घ–संस्था समक्ष अपिल समेत गरेको छ ।

सम्बन्धित खबर