२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

तिलागुफा–४ का नवनिर्वाचित वडा अध्यक्षले लिए शपथ

shivam cement
२०८१ मंसिर १९ गते १५:४५
Shares
तिलागुफा–४ का नवनिर्वाचित वडा अध्यक्षले लिए शपथ

कालिकोट : तिलागुफा नगरपालिका–४ का नवनिर्वाचित वडाध्यक्ष खड्गराज शाहीले शपथ लिएका छन् । नवनिर्वाचित वडाध्यक्ष शालीलाई तिलागुफा नगरपालिका मेयर शंकरप्रसाद उपाध्यायले शपथ ग्रहण गराए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट निर्वाचित भएका शाहीलाई तिलागुफा नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच शपथ ग्रहण गराइएको हो ।

तिलागुफा नगरपालिका –४ बाट निर्वाचित माओवादी केन्द्रका वडाध्यक्ष परबहादुर शाही लगायतका १३ जनाको २०७९ मा निधनपछि यस वडामा उपनिर्वाचन भएको हो।

मेयर उपाध्यायले शपथ पछि वडाअध्यक्ष खड्गराज शाहीलाई स्वागत समेत गरे । संविधान भन्दा बाहिर गएर जनप्रतिनिधिले कर्मचारीलाई दबाब दिएको खण्डमा आफूलाई भन्न उनले आग्रह गरे ।

उनले अबको अढाई वर्षको अवधिमा विकास निर्माणका कार्य गर्न बाकी रहेको बताउँदै अब हुने नीतिगत निर्णय, लगायतका विभिन्न विषयमा सम्पूर्ण कर्मचारीले सहयोग गर्नुपर्ने बताए ।

देश र जनताको नाममा खाएको शपथ अनुसार आफ्नो कामकारबाही जिम्मेवारीका साथ कर्तव्यनिष्ठ भई पालना गर्ने वडाध्यक्ष शाहीले प्रतिबद्धता व्यक्त गरे ।
 

ADV

सम्बन्धित खबर