२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

Nada
२०८१ असार ६ गते ०६:४०
Shares
एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

काठमाडौं : वैदेशिक रोजगार विशेष इलाका कमिटीले नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यसहित नवनिर्वाचित कार्यसमितिलाई बुधबार बधाई तथा सम्मान गरेको छ । 

ncell

गत जेठ २६ गते भएको नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको निर्वाचनबाट अध्यक्षमा गोविन्द प्रसाद धिमिरे, उपाध्यक्षमा माधव भट्टराई, सचिवमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, उपसचिवमा जीवन थापा मगर निर्वाचित भएका थिए । यस्तै अर्को उपसचिवमा मनिषा सुब्बा नाल्बो निर्विरोध निर्वाचित भएकी थिइन् ।

त्यस्तै लेखा समितिको अध्यक्षमा लिला बहादुर लामा तामङ निर्वाचित भएका थिए । कमिटीको सदस्य पदमा संघका प्रथम उपाध्यक्ष डिक बहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ, कोषाध्यक्ष सरिता घले, संघका पूर्वमहासचिव नरेश गेलाल, व्यवसायी भिष्मराज शर्मा शिवाकोटी र लोकमणि मेयाङ्बो लिम्बू विजयी भएका थिए । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका इन्चार्ज बालिका गिरी, उपत्यका प्रदेश कमिटी सचिवालय सदस्य तथा उद्योग व्यवसाय जिल्ला कमिटीका इन्चार्ज कृष्णकुमार अर्याल, उपत्यका प्रदेश कमिटी सदस्य तथा वैदेशिक रोजगार विशेष इलाका कमिटी इन्चार्ज टंक बहादुर राउत, नेकपा एमाले केन्द्रीय खेलकुद विभाग सदस्य सुवर्ण श्रेष्ठ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा वैदेशिक रोजगार विशेष इलाका कमिटी अध्यक्ष शिवहरी मैनाली (शितल)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इलाकाका सचिव विकास बस्नेतले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर