२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

संख्या सयको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई गणतान्त्रिक मञ्चको आग्रह

Nada
२०८१ असार ५ गते १६:५६
Shares
संख्या सयको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई गणतान्त्रिक मञ्चको आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक राेजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि आफ्नो चासो रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दिएको १० बुँदे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् । 

ncell

मञ्चले वार्षिक सय जना कामदार नपठाएको अवस्थामा इजाजतपत्र नवीकरण नहुने समस्या समाधान गरिदिन प्रधानमन्त्री दाहालसँग विशेष आग्रह गरेको छ ।

मञ्चले बुझाएको ज्ञापनपत्रमा वार्षिक एक सय जना कामदार नपठाए इजाजतपत्र नवीकरण नहुने व्यवस्था खारेज गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएपनि कार्य समय अभाव रहेकाले वैदेशिक राेजगार ऐनको दफा ८२ मा रहेको बाधा अड्काउ आदेश जारी गरी आम व्यवसायीकाे इजाजतपत्र नवीकरण गरेर पेशा व्यवसाय गर्न पाउने संवैधानिक हकको सुनिश्चितता हुनुपर्ने उल्लेख छ ।

मञ्च अध्यक्ष धनलाल जैसीले संख्या सयकाे त्रासले व्यवसायी तनावमा रहेको भन्दै बाधा अड्काउ फुकाउ आदेश यथाशक्य छिटो जारी गरिदिन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । 

मञ्चले पेस गरेको ज्ञापनपत्रमा मुख्यगरी व्यवसायी र कामदारका कामविरुद्ध हुने ढिलासुस्ती, एकाधिकार तथा सबै प्रकारका सिन्डिकेटहरूको अन्त्य गर्दै वैदेशिक राेजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीकाे तहबाट पहल हुनुपर्ने उल्लेख छ । 

ताजा खबर

सम्बन्धित खबर