२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

खुलेको दुई महिनामै बन्द भयो धरहरा

मध्यान्ह
२०८१ मंसिर २ गते १३:०४
खुलेको दुई महिनामै बन्द भयो धरहरा

काठमाडौं : सर्वसाधारणका लागि खुला गरिएको दुई महिनामै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द गरिएको हो ।

२०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो ।

तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर एक हजार ५० पुर्‍याएको थियो । 

जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्यांकमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर