काठमाडौँ : भारतको आम आदमी पार्टीकी सांसद आतिशी मार्लेना नयाँ दिल्लीको मुख्यमन्त्री बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेसँगै उनी दिल्लीको मुख्यमन्त्री बन्ने भएकी हुन् ।
मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थ, शिक्षा, पर्यटन मन्त्री छिन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।
अब मुख्यमन्त्री पदबाट केजरीवालले राजीनामा दिने र नयाँ मुख्यमन्त्री आतिशी हुने आम आदमी पार्टीले निर्णय गरेको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।