२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

मध्यान्ह
२०८१ भदौ ३० गते १३:०७
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

काठमाडौंः दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए । 

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो । 

घाइतेहरूलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो। अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ । (एजेन्सी)

ADV

सम्बन्धित खबर