२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

टेलिग्रामका मालिक पावेल पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह 

shivam cement
मध्यान्ह
२०८१ भदौ ९ गते १६:०९
टेलिग्रामका मालिक पावेल पक्राउ, अनुसन्धानलाई छरितो बनाउन रूसको आग्रह 


काठमाडौंः पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।

अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भएपनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ । 

दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ । अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ’, विज्ञप्तिमा उल्लेख छ । 

ADV

सम्बन्धित खबर

Advertise