२०८३ मंसिर ३ गते बिहिवार / Nov 19 , 2026 , Thursday
२०८३ मंसिर ३ गते बिहिवार

मलेसिया रोजगारी ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

Nada
२०८३ मंसिर २ गते २१:११
Shares
मलेसिया रोजगारी ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले  वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र रवि पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ छन् ।

प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा श्रमिकबाट रकम संकलन गरी मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

यसरी गैरकानुनी रूपमा संकलन गरिएको रकम १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका सबैमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जीको अनुमति लिएर उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर