२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदै

Nada
२०८३ साउन १४ गते १८:३५
Shares
गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदै

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरी कप्तानगञ्ज जान लागेका हुन् । 

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि सुनसरी जान लागेका हुन् । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

ताजा खबर

सम्बन्धित खबर