
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री शाहले आजै देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
सुनसरीको देवानगन्ज नगरपालिकामा भएको घटनाको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएको छ । सोही घटनाका कारण हालसम्म तीन जनाको प्रहरीको गोली लागेर मृत्यु भइसकेको छ ।
यही पछिल्लो परिस्थितमा प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।