
सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको हो ।
कर्फ्यु आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा तनावग्रस्त बनेको अवस्था नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर ती युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालका अनुसार सिरहाको तुलसीपुरका २० वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको हो ।
यस्तै धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुर गोली लागेर घाइते भएका छन् ।
सुनसरीको देवानगन्ज नगरपालिकामा भएको घटनाको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन हुँदै आएको छ ।