२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

Nada
२०८३ साउन १४ गते १५:२१
Shares
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

जयप्रकाश गोली लागेर गम्भीर घाइते भएका थिए । उनको पेटमा गोली लागेको थियो भने सोमबार शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यसअघि सोही घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको पनि मृत्यु भएको थियो । उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएलगत्तै आइतबार राति १०:४० बजे मृत घोषणा गरिएको थियो । जयप्रकाशको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए, जसमा आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै, झडपका क्रममा आठ जना प्रहरी पनि घाइते भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर