२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

Nada
२०८३ साउन १४ गते १३:३६
Shares
चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल चीनको एक साताको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

उनको सचिवालयका अनुसार खनाल साउन ७ देखि १३ गतेसम्म चीन भ्रमणमा रहेका थिए। भ्रमणका क्रममा नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा विभिन्न तहमा विचार र अनुभव आदानप्रदान भएको सचिवालयले जनाएको छ ।

भ्रमण अवधिमा उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले आफ्नो स्थापनाको पहिलो शताब्दीका अवसरमा स्थापना गरेको पार्टी संग्रहालयको अवलोकन गरेका थिए । त्यस्तै, अध्यक्ष माओत्सेतुङले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना घोषणा गरेको तियानमेन स्क्वायरस्थित ऐतिहासिक मञ्च पनि उनले अवलोकन गरेका थिए ।

सचिवालयका अनुसार खनालले एसियाकै ठूलो तथा प्राचीन चिनियाँ दार्शनिक अवधारणाको समन्वयमा निर्माण गरिएको ‘स्वर्गको मन्दिर’को पनि अवलोकन गरेका छन् । साथै, विश्वस्तरका अत्याधुनिक विद्युतीय सवारीसाधन (ईभी) उत्पादन गर्ने उद्योग र सियाओमीका औद्योगिक पूर्वाधारको समेत निरीक्षण गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर