
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।
बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक विषय तथा आवश्यक नीतिगत निर्णयका विषयमा छलफल भइरहेको जनाइएको छ ।
परिषद् सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ ।