२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nada
२०८३ साउन १४ गते ०९:२५
Shares
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ : संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ । 

ताजा खबर

सम्बन्धित खबर