२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

दुई हजार एम्बुलेन्स थन्किए

Nada
२०८३ साउन १० गते १७:३०
Shares
दुई हजार एम्बुलेन्स थन्किए

चितवन : नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् । यो संख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए । 

देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्यांक छ । ती मध्ये स्वास्थ्य संघ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छन् भने गैर सरकारी संस्था र नीजि क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् । 

ऐन आएदेखि नै निरन्तर रुपमा संसोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । पूर्वस्वास्थ्यमन्त्री डा सुधा शर्मालाई समेत उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउँछन् । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ ।

ऐन संसोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहज रुपमा सेवा पाउन कठिन हुने उनले बताए । अध्यक्ष लामिछानेले भने, “मानवतासँग प्रत्यक्ष जोडीएकाले यस विषयलाई नयाँ सरकारले गम्भिरताका साथ हेर्नुपर्छ ।” यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर