२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

Nada
२०८३ साउन १० गते १६:२१
Shares
डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

काठमाडौं : नेपाल चिकित्सक संघले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । 

संघले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । 

शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरिएको र सोही क्रममा डा राममाथि सांघातिक आक्रमण गरिएको संघको भनाइ छ । 

संघले भनेको छ, “स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

ताजा खबर

सम्बन्धित खबर