२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

भोटेकोसी गाडी दुर्घटना, घटनास्थलमै पुगे गृहमन्त्री

Nada
२०८३ साउन १० गते १५:२६
Shares
भोटेकोसी गाडी दुर्घटना, घटनास्थलमै पुगे गृहमन्त्री

काठमाडौँ : शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसला दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन् । 

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर