२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

हेटौँडामा एक पुरुषको शव फेला, घटनाबारे अनुसन्धान तीव्र

Nada
२०८३ साउन १० गते १५:०४
Shares
हेटौँडामा एक पुरुषको शव फेला, घटनाबारे अनुसन्धान तीव्र

काठमाडौँ : मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ स्थित थानाभर्‍याङ क्षेत्रमा एक पुरुष मृत अवस्थामा भेटिएपछि प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ ।

प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय नजिक शव फेला परेको हो । घटनास्थल आसपास रगतसमेत देखिएकाले घटनाको प्रकृतिबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ । यसका लागि प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मृतकको पहिचान मकवानपुरको साविक चित्लाङ गाविस-६, हाल थाहा नगरपालिका-१० निवासी ४१ वर्षीय आश्मान गोपालीका रूपमा भएको छ । उनी रामबहादुर गोपालीका छोरा रहेको प्रहरीले जनाएको छ । घटनाबारे मृतकका परिवारलाई समेत जानकारी गराइसकिएको छ ।

यसैबीच आइतबार बिहान करिब ८:३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर प्रमाण संकलन तथा अनुसन्धानमा सहयोग गरिरहेको छ ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ । घटनासम्बन्धी सबै पक्षको अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर