२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन जेठ ३१ गते हुने

Nada
२०८३ जेठ २६ गते ११:३४
Shares
काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन जेठ ३१ गते हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाको १९औं अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । 

मंगलबार बसेको काठमाडौं महानगरपालिका ५०औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो । जेठ ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको नगर सभाको १९औं अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रस्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ । समसायिमक सुधार तथा परिमार्जन समितिको २०८३ साल जेठ ४ गते र शिक्षा तथा स्वास्थ्य समितिको जेठ २५ को निर्णय अनुसार नेपाल भाषाको स्थानीय भाषा, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम सिफारिस गरिएकाले उक्त पाठयक्रम स्वीकृत गरिएको महानगरपालिकाका शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बताए ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर