२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

श्रमिक, व्यवसायी र सरकारबारे अन्तरक्रिया

Nada
२०८३ जेठ १९ गते ०६:२५
Shares
श्रमिक, व्यवसायी र सरकारबारे अन्तरक्रिया

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागले ‘सुरक्षित श्रमिक, मर्यादित व्यवसायी, जवाफदेही सरकार’ शीर्षकमा अन्तरक्रिया गर्ने भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको हल, सिंहदरबारमा हुने अन्तरक्रियमा श्रममन्त्री रामजी यादव, सांसद सोम शर्म, ज्वाला संग्रौला, श्रम विज्ञ डा.गणेश गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ, राजेन्द्र भण्डारी र स्वतन्त्र व्यवसायी कृष्ण ढकाल वक्ता रहेका छन् ।

छलफल श्रमिक, व्यवसायी तथा सरकारबीचको उत्तरदायित्व, अवसर, चुनौती र समाधानका विषयमा केन्द्रित हुने रास्वपा केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुख श्यामबाबु गौतमले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर