२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

अनुगमन गर्न आउनेसँग आधिकारिक पत्र माग्न विभागको सुझाव

Nada
२०८३ जेठ ८ गते २१:३९
Shares
अनुगमन गर्न आउनेसँग आधिकारिक पत्र माग्न विभागको सुझाव

काठमाडौं : वैदेशिक रोजगार विभागले अनुगमनका लागि आउने कर्मचारीसँग परिचयपत्र र आधिकारिक पत्र भए–नभएको एकिन गर्न वैदेशिक रोजगार व्यवसायीलाई आग्रह गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै विभागबाट वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रणका लागि वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाहरूको अनुगमन नियमित रूपमा भइरहेको भन्दै नियमित अनुगमन हुँदा अनुगमनमा खटिने कर्मचारीलाई विभागबाट आधिकारिक पत्रसाथ अनुगमनमा पठाउने गरिएको बताएको छ ।

विभागले अनुगमन हुँदा कर्मचारीले आफ्नो परिचयपत्र समेत देखाई अनुगमनको कार्य गर्ने बताएको छ । विभागले आधिकारिक कर्मचारीबाहेक कोही कसैले ‘विभागको कर्मचारी हुँ’ भनी आधिकारिक पत्रबिना अनुगमन गरेको, अनधिकृत व्यक्ति अनुगमनमा संलग्न भएको वा फोनमार्फत विभागको नाम लिई धम्की दिएको भन्ने शंका लागेमा तत्कालै विभागका टेलिफोन नम्बरमा सम्पर्क गरी जानकारी दिन भनेको छ ।

त्यसका लागि विभागले महानिर्देशकको ९८५११७१६०१ र उपमहानिर्देशकको ९८५१३४२३९२, अनुगमन तथा जीटुजी सहजीकरण शाखा निर्देशकको ९७६५०१३७६१ नम्बरसहित कार्यालयको फोन नम्बर सार्वजनिक गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर