२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट

Nada
२०८२ चैत २६ गते १८:३९
Shares
पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगितामा उत्कृष्ट

काठमाडौँ : पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो वर्ल्डप्रेस फोटो प्रतियोगिता-२०२६ मा उत्कृष्ट भएको छ । उनले भदौ २४ गते सिंहदरबार जल्दै गर्दा खिचेको फोटो प्रतियोगितामा उत्कृष्ट भएको हो । 

वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा नेपाली फोटो पत्रकारले खिचेको नेपालको फोटो उत्कृष्टमा परेको यो पहिलो पटक भएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा आएका ५७ हजार फोटोहरूबाट श्रेष्ठको फोटो उत्कृष्ट भएको हो । यसपटक १ सय ४१ देशका ३७ हजार ४७ फोटो पत्रकारहरू प्रतियोगितामा सामेल भएका थिए । त्यसमध्ये ‘वेस्ट सेन्ट्रल एण्ड साउथ एसिया’ क्याटेगोरीमा श्रेष्ठको फोटो पहिलो नम्बरमा परेको हो ।

२५ वर्षदेखि निरन्तर रुपमा वर्ल्डप्रेस फोटो प्रतियोगिताका लागि फोटोहरू पठाउदै आएको बताउँदै उनले भने, ‘यसपटक सफलता पाउँदा एकदमै खुशी छु, विश्वका कुनै पनि फोटो पत्रकारहरूका लागि यो प्रतियोगितामा जित्नु निकै ठूलो कुरा हो ।’ 

उनले वर्ल्ड प्रेस फाउन्डेशन, निर्णायकहरू, ईपीए परिवारप्रति कृतज्ञता ज्ञापन गरेका छन् । राष्ट्रिय स्तरका थुप्रै र केही अन्तर्राष्ट्रिय फोटो प्रतियोगिताहरू जितेका उनले यो जित विशेष भएको बताए । 
 

ताजा खबर

सम्बन्धित खबर