२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

बढेको भाडा विद्युतीय सवारीमा लागू नहुने

Nada
२०८२ चैत २५ गते १८:१६
Shares
बढेको भाडा विद्युतीय सवारीमा लागू नहुने

काठमाडौँ : सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ, तर यो वृद्धि विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार इन्धन मूल्यमा आएको परिवर्तनलाई आधार बनाएर भाडा समायोजन गरिएको हो र यो भाडा विद्युतीय सवारीसाधन बाहेकका साधनमा मात्र लागु हुनेछ । भाडा निर्धारणका लागि कुल १३ वटा सूचक विश्लेषण गरी इन्धन मूल्यमा भएको परिवर्तनलाई ध्यानमा राखिएको विभागले जनाएको छ ।

हाल भाडा वृद्धिको नयाँ दर एक प्रदेशबाट अर्को वा एकभन्दा बढी प्रदेशमा यात्रा गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा लागू हुने व्यवस्था गरिएको छ । छोटो दूरीको यात्रा, जस्तै एक सहरभित्र वा प्रदेशभित्रको भाडा निर्धारण भने सम्बन्धित प्रदेश सरकारले गर्ने गरेको विभागले उल्लेख गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर