
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन् । संविधानको धारा ९५ अनुसार राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने भएका हुन् ।
आगामी चैत २७ गते ३ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
