२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

Nada
२०८२ चैत २५ गते १३:३१
Shares
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा उनीहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार, पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ । 

त्यसैगरी, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो कृषि विकासमा जोड दिने, कृषिमा नीतिगत सुधार अघि बढाउने, पोषण सञ्जाल सुदृढ गर्ने तथा समावेशी कृषि प्रणाली विकासका विषयमा पनि विचार आदानप्रदान भएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर