२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कतारमा जारी वर्कर्स फुटबल कपमा नेपालको हार

Nada
तिलु शर्मा पौडेल
२०८२ फागुन २ गते २०:०९
Shares
कतारमा जारी वर्कर्स फुटबल कपमा नेपालको हार

दोहा, कतार : कतारमा रहेका केही देश र क्लब सहभागी रहने गरी सञ्चालनमा आएको वर्कर्स फुटबल कपमा नेपालले पराजयबाट यात्रा सुरु गरेको छ । कतार सरकारको खेलकुद तथा युवा मन्त्रालयअन्तर्गतको कतार स्पोर्ट्स फर अल फेडरेसनले वर्कर्स सपोर्ट एन्ड इन्स्योरेन्स फन्ड तथा राष्ट्रिय मानव अधिकार समितिको सहकार्यमा आयोजित वर्कर्स फुटबल कपको पहिलो खेलमा आयोजक वर्कर्स सपोर्ट एन्ड इन्स्योरेन्स फन्डसँग अल अरबी स्पोर्ट्स क्लबको ग्राउन्डमा शुक्रबार साँझ भएको खेलमा नेपाल २-० गोलले पराजित भएको छ । 

ncell

अर्जुन सुब्बाको कप्तानीमा मैदानमा उत्रिएको नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि गोल फर्काउन सकेन । मध्यान्ह दैनिकसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक इङ कोरोमाले विपक्षी टिममा आफ्नो टिममा भन्दा उत्कृष्ट खेलाडी रहे पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै अर्को खेलमा जित निकाल्ने विश्वास गरे ।

विभिन्न क्लबमा आबद्ध रहेका नेपालीहरूसहित २७ जनाको नेपाली टिमको खेलबाट आफू खुसी रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका खेलकुद संयोजक राजन चापागाईंले बताए । नेपालको समर्थनका लागि एनसिसीका अध्यक्ष कृष्ण पन्थी, निवर्तमान अध्यक्ष रमेश भट्टसहित समाजका अगुवा बुद्धिजीवी तथा खेलप्रेमी हजारौँ नेपाली स्टेडियमसम्म पुगेका थिए । नेपालले दोस्रो खेल मार्च २७ मा सोमालियासँग खेल्नेछ ।‍

ताजा खबर

सम्बन्धित खबर