२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कतारमा जारी वर्कर्स फुटबल कपमा नेपाल शुक्रबार आयोजकसँग भिड्दै

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ २९ गते २२:१९
Shares
कतारमा जारी वर्कर्स फुटबल कपमा नेपाल शुक्रबार आयोजकसँग भिड्दै

दोहा कतार : कतारमा रहेका केही देश र क्लब सहभागी रहने गरी सञ्चालनमा आएको वर्कर्स फुटबल कपमा नेपाल सहभागिता जनाउँदै पहिलो खेलमा आयोजकसँग खेल्ने भएको छ । कतार सरकारको खेलकुद तथा युवा मन्त्रालय अन्तर्गतको कतार स्पोर्ट्स फर अल फेडरेसनले वर्कर्स सपोर्ट एण्ड इन्स्योरेन्स फण्ड तथा राष्ट्रिय मानव अधिकार समितिको सहकार्यमा आयोजित वर्कर्स फुटबल कपमा सहभागिता जनाउँदै जारी टाइसिट अनुसार पहिलो गेममा आयोजक सँग खेल्न लागेको हो ।

ncell

कतारको खेलकुद दिवस अर्थात् यही मंगलबारबाट सुरु भएको प्रतियोगितामा नेपालले भोलि शुक्रबार साँझ ६ बजे आयोजक वर्कर्स सपोर्ट एण्ड इन्स्योरेन्स फण्डसँग अल अहली स्पोर्ट्स क्लबको ग्राउन्डमा खेल्दै छ । भोलि हुने खेलको तयारी र आवश्यक परामर्श सहित खेलाडीको हौसला बढाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारका अध्यक्ष कृष्ण पन्थीसहितको टोली खेलाडीले अभ्यास गरिरहेको ग्राउन्डमै पुगेका थिए । खेलाडीलाई आवश्यक पर्ने सबै जर्सी सहितका सामाग्री पुगेको एनआरएनएको टोलीले खेलाडी सहित टिम म्यानेजरद्धय महेन्द्र राना र मोहन बिस्ट टिम कप्तान अर्जुन सुब्बा र  प्रशिक्षक इङ कोरोमा र सहायक प्रशिक्षक मुनाल गुरुङलाल सबै सामाग्री हस्तान्तरण गरेका छन् ।

उक्त भेटमा खेलाडीहरूसहित टिम म्यानेजर रानाले नेपालको प्रतिनिधित्व गर्दै खेल्न पाउनु गर्वको कुरा भएको हुँदा आफ्नो तर्फबाट भरपुर कोसिस गर्ने बताए । टिमका कोच कोरोमाले नेपाली सँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आफ्नो पुरै फुटबलको अनुभव नेपालका लागि खर्चँदै जित निकाल्न कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे । आवश्यक तयारीलाई तीव्रता दिँदै गरेको टिमलाई हौसला दिन कतारमा रहेका सबै नेपालीलाई स्टेडियममा समयमै उपस्थित हुन् एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका छन् । उनले खेलमा अनुशासित तथा मर्यादित भएर खेन आग्रह गर्दै खेलाडीलाई आवश्यक पर्ने सबै सामाग्री उपलब्ध गराउन आफूहरू तयार रहेको बताए ।

विभिन्न क्लबमा आबद्ध रहेका नेपालीहरू सहित २७ जनाको बलियो टिम बनाएर प्रतिस्पर्धामा जान लागेको हुँदा पहिलो खेलमा जित निकाल्नेमा एनसिसिका खेलकुद संयोजक चापागाईं आशावादी देखिए । नेपालले दोस्रो खेल मार्च २७ मा सोमालियासँग खेल्नेछ ।  भेटमा एनसीसी कतारका सल्लाहकार रमेश कनौजे मगर, महासचिव विवेक पुलामी मगर, खेलकुद संयोजक राजन चापागाईं, युवा संयोजक केशु मल्ल ठकुरी र कार्यसमितिका अन्य पदाधिकारीहरूसहित पत्रकारहरू पनि रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर