२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

Nada
२०८२ माघ २९ गते १६:५३
Shares
नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं : आइसिसी टी-२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।

ncell

बिहीबार मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ रन बनाए । आसिफ शेखले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । करण केसी १८ रनमा अविजित रहे । यसबाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

ताजा खबर

सम्बन्धित खबर