२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कालिकामाईमा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

Nada
लालबाबु बानिया
२०८२ माघ २८ गते १९:०१
Shares
कालिकामाईमा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

पर्सा : पर्साको कालिकामाई गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताले पानसमा बत्ती बालेर गरे ।

ncell

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता हरिहरपुर बिर्तास्थित चौरमा आयोजना गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुप्ताले खेलकुदले गाउँपालिका तथा देशको पहिचान बढाउने बताए ।

उनले खेलकुद स्वास्थ्यका लागि ‘औषधि’ सरह महत्वपूर्ण भएको उल्लेख गर्दै प्रत्येक व्यक्तिले शिक्षासँगै खेलकुदलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिए । खेलकुदले शरीर स्वस्थ राख्नुका साथै व्यक्तिलाई फुर्तिलो बनाउने भएकाले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्न आग्रह गरे ।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभरिका ५ वटा माध्यमिक विद्यालयसहित ११ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत हाई जम्प, लङ जम्प, दौड, क्रिकेट, भलिबललगायत विभिन्न खेलहरू सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता शिक्षा शाखा प्रमुख हिमान्सु भट्टको अध्यक्षतामा सुरु भएको हो । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष लालबाबु चौरसिया, सोनालाल चौरसिया, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक सुवोध चौरसिया, इन्द्रदेव कुर्मी, रामजतन प्रसाद, जयप्रकाश चौरसिया, शिक्षक सोनालाल साह कानु, निरज पटेल, प्रशिक्षक प्रमुख विश्वेश्वर पटेललगायत स्थानीयवासी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा आधारभूत, निम्न माध्यमिक र माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूले आफ्ना विद्यालयका ब्यानरसहित मार्चपास गरेका थिए भने छात्राहरूले नृत्य प्रस्तुत गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर