२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ग्लोबल आइएमईद्वारा सातै प्रदेशमा रक्तदान आयोजना

Nada
२०८२ पुष २९ गते २०:४८
Shares
ग्लोबल आइएमईद्वारा सातै प्रदेशमा रक्तदान आयोजना

काठमाडौं : ग्लोबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

ncell

ग्लोबल आइएमई बैंक पुस १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरुले रक्तदान गरेका छन् । साथै, उक्त कार्यक्रमबाट संकलन भएको रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी वितरण हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर