
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश पारित गरेको छ । कम्पनीको मंगलबार सम्पन्न नवौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
पारित लाभांशमध्ये ४ प्रतिशत सेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साथै, सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिकसमेत निर्धारण गरेको छ ।
साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।