२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

Nada
२०८२ पुष २९ गते १५:४९
Shares
नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९० अंकले बढेर दुई हजार ६३९ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

ncell

आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४८, जीवन बीमा शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ र लघुवित्त शून्य दशमलव २० प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । 

जलविद्युत एक दशमलव ०२, लगानी शून्य दशमलव ०४, म्युचुअल फण्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०७, व्यापार शून्य दशमलव ९८ र अन्य समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।

आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै छ दशमलव ०९ प्रतिशतले घटेको छ । –रासस

ताजा खबर

सम्बन्धित खबर