२०८२ भदौ २८ गते शनिवार / Sep 13 , 2025 , Saturday
२०८२ भदौ २८ गते शनिवार
Ads

कविता : दल बदलका यात्रु तिमी !

shivam cement
२०८२ भदौ २८ गते ०६:०५
कविता : दल बदलका यात्रु तिमी !

–खिमराज गिरी 

जनताको आँसु र पीडा नदेख्ने
देशको समृद्धिको सम्भावना नबोक्ने
सधैँभरि कुर्ची र पदकै मोहमा लोभिइरहने
दल बदल मात्र गर्न चाहने यात्रु तिमी
बाहिर बोल्छन् मिठासले तर
भित्र स्वार्थको झोला बोकेर
नेताको इसारामा नाच्ने कठपुतलीजस्ता
अनि हामीले हेरिदिनु र स्वीकारी दिनुपर्ने
समाजको भित्री पीडामाथि हाँसो उडाउँदै
सधैँभरि कति बहकिन्छौ दल बदलका यात्रु तिमी ! 

आज यहाँ छौं भोली कता–कता
हावा बहकिए जसरी बहकिन्छौं तिमी
जनताको रगतले लेखिएको इतिहास बिर्सेर
परिवार र व्यक्तिगत स्वार्थमा रुमलिन्छौ तिमी
नेता पनि अझ किन कम हुने र
जनताको नाममा कसम खाएर पनि
सधैँ स्वार्थको महल सजाउँछन्
सत्ताको स्वाद चाख्ने लोभका खातिर
अनि आज यहाँ भोली कहाँ
किन भौँतारिन्छौ दल बदलका यात्रु तिमी ! 

दल भनेको विचार हो, 
तर विचार पनि दिनदिनै बदल्छौं
निष्ठा र भरोसाको भविष्य बिर्सेर
विचारलाई किन सधैँ स्वार्थमा धकेल्छौं
बजारमा राखिएको थोत्रो सामान सरी
भयो आज तिम्रो त्यो आचरण र व्यवहार
नेता र कार्यकर्ता दुवै एकै सिक्काका दुई पाटाजस्तै
जनतालाई धोका दिँदै किन देखाउँछौ खोक्रो सदाचार
निष्ठा गुमायौ, नैतिकता गुमायौ 
व्यक्तिगत स्वार्थमा लिप्त हुँदा
ग¥यौ जनतालाई अपमान
जनताको आँसुमा रमाइलो गर्ने
सडकको आवाजलाई बेवास्ता गर्ने
सधैँ आफ्नो स्वार्थमा डुबुल्की मार्दै
कति दिन रमाउँछौ दल बदलका यात्रु तिमी ! 
कति दिन रमाउँछौ दल बदलका यात्रु तिमी ! 

ADV

सम्बन्धित खबर

Advertise