काठमाडौं : समसामयिक कविता लेखनमा सक्रिय रुपक अलंकार नयाँ कवितासंग्रह ‘शान्त शर्वरी’ लिएर आउँदै छन् ।
विशेषगरी कविता तथा गजल लेखनमा सक्रिय अलंकारको यस कवितासंग्रहमा ४ दर्जनभन्दा बढी कविताहरू संकलित छन् । लोकप्रिय युवाकविका रूपमा परिचित अलंकार विशेषतः शास्त्रीय छन्दमा कविता लेख्छन् ।
‘शान्त शर्वरी’ कवितासंग्रहमा पनि विभिन्न शास्त्रीय छन्दमा लेखिएका कविताहरू संग्रहीत छन् । यसअघि उनका ‘देशको पुर्पुरो’ गजलसंग्रह र ‘विश्रान्त’ महाकव्य प्रकाशित छन् ।
कवि अलंकारको यो तेस्रो काव्यकृति हो । शिखा बुक्स्ले प्रकाशन गरेको ‘शान्त शर्वरी’ कवितासंग्रह भदौ २१ गते शनिबार सर्वनाम थिएटरमा लोकार्पण हुँदै छ ।