२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव चयन

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते २०:५७
प्रेस मञ्च मधेश प्रदेशको अध्यक्षमा पुनः यादव चयन

सिरहा : जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको अध्यक्षमा अभरेन्द्र यादव पुनः चयन भएका छन् भने मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा अभरेन्द्र यादव र मुख्यसचिवमा प्रवेश कुमार मिश्र चयन गरिएको हो । 

दुई दिनसम्म चलेको अधिवेशनले अध्यक्ष यादवसहित २१ सदस्यीय समिति चयन गरेको छ ।

समितिमा उपाध्यक्षमा रामहृदय यादव (धनुषा) र माला राय (धनुषा) रहेका छन् । सचिवमा नागेन्द्र यादव (महोत्तरी) र प्रभा कुमारी यादव (पर्सा) चयन भएका छन् भने समावेशी सचिवमा राम पुकार राउत (रौतहट) र सरोज कुमार यादव (सर्लाही) चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका छन् ।

सदस्यमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव (बारा), शितल साह (सिरहा), ओमप्रकाश यादव (सिरहा), विनय कुमार अधिकारी (धनुषा), ब्रह्मानन्द ठाकुर (धनुषा) र मेवालाल यादव (रौतहट) रहेका छन् । महिला सदस्यमा रश्मी पटेल (रौतहट) चयन भएकी छन् । आदिवासी जनजाति तर्फ जितेन्द्र सिंह दनुवार (सिरहा) र ज्ञानेश्वर मण्डल (सर्लाही) रहेका छन् भने मुस्लिम सदस्यमा साविर आलम चयन भएका छन् ।

अधिवेशनमा मधेश प्रदेशका ८ जिल्ला र अन्य प्रदेशबाट आएका जिल्ला पार्षद तथा केन्द्रीय पार्षदहरूको सहभागिता रहेको थियो । निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीका अनुसार अध्यक्षमा यादवलाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

अधिवेशन भएसँगै प्रेस मञ्च मधेश प्रदेश समितिले पूर्णता पाएको छ । निर्वाचन समितिका सदस्य यदुवंशीका अनुसार समिति दुई पक्षीय सहमतिको आधारमा सर्वसम्मतमै चयन भएको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise