मलक्का, मलेसिया : प्रवास नेपाली सम्पर्क विभाग, मलेसियाको मलक्का राज्य शाखाले नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार सम्पन्न भेलाले भोजराज बुढाको सभापतित्वमा ११ सदस्यीय समिति चयन गरेको हो ।
भेलामा विभागका मलेसिया प्रमुख नेत्रबहादुर केसीको विशेष उपस्थिति थियो । उनले प्रवासी नेपालीबीचको एकता, अधिकार संरक्षण र संस्थागत सुदृढीकरणमा मलक्का शाखाको योगदान महत्वपूर्ण हुने बताउँदै नवगठित समितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
यसै क्रममा, मलक्का राज्य समितिका संरक्षक उमेश महतो र किरण थापाको संरक्षकत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाको मलक्का राज्य समिति पनि औपचारिक रूपमा घोषणा गरिएको छ ।
नवगठित समितिको सभापतिमा भोजराज बुढा, उपसभापतिमा नवीन सेतीसीरीवान, सचिवमा भक्तराज नाथ र कोषाध्यक्षमा काली बहादुर खड्का चयन भएका छन् । त्यस्तै, प्रेम राना, करण भण्डारी, जगत थापा, बलराम शर्मा, दिनेश जप्रेल, प्रकाश नाथ र नविन सिंह सदस्यका रूपमा निर्वाचित भएका छन् ।