२०८२ भदौ १८ गते बुधवार / Sep 03 , 2025 , Wednesday
२०८२ भदौ १८ गते बुधवार
Ads

पोखरेलको ‘एक रातको बास’

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते २०:०६
पोखरेलको ‘एक रातको बास’

काठमाडौं : नेपाली कथासाहित्यमा पछिल्ला दशकमा सहरी परिवेशलाई केन्द्रमा राखेर लेखिएका कृतिहरू बढी देखिएका बेला साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ ।

यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य निबन्धसंग्रह ‘चिबे नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका पोखरेल दोस्रो कथासंग्रह लिएर पाठकमाझ आएका हुन् ।

यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ । २०८ पृष्ठकोे यस संग्रहमा जम्मा १५ कथा समावेश छन् । ‘कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे सांगलो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो ?’ शीर्षकमा रहेका यी कथामध्ये ‘एक रातको बास’ कथाबाटै पुस्तकको शीर्षक राखिएको छ । पत्रकार कृष्ण भुसालले सम्पादन गरेको यस संग्रहमा ‘वृद्धको डायरी’लाई कथाक्रम भन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ ।

कृतिले नेपाली जीवन, यथार्थलाई प्रष्ट देखाउनमात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ पनि प्रदान गरेको छ । यस संग्रहका कथा केवल मनोरञ्जनका स्रोतमात्र नभएर समाजको ऐना र जीवनका विविध आयामहरूको दर्पण रहेको कृतिका सम्पादक कृष्ण भुसाल बताउँछन् । ‘पाठकलाई सोच्न, आत्मसमीक्षा गर्न र आफ्नै जीवनसँग जोडेर कथालाई आत्मसात गर्न प्रेरित गर्ने क्षमता यसमा छ’, उनको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise